श्री शक्ति स्वरुपा पाँचकन्या गड्यौली माईको मन्दिर परिसरमा विभिन्न कार्यक्रम सम्पन्न



“म यहाँ गढेर बसेकी छु मलाई निकाल, राष्ट्रको पनि कल्याण हुन्छ, यहाँहरूको पनि कल्याण हुन्छ” भन्नु भएकी साक्षात शक्तिमाता महादेवीको आदेश मुताविक माता नानुले प्रकट गराउनु भएकी श्री शक्ति स्वरुपा पाँचकन्या गड्यौली माईको उत्पत्ति भएको १० औं वर्षको पावन उपलक्ष्यमा ७ औं वार्षिक साधारण सभा २०७७ चैत्र ४ गते, बुधबार श्री शक्ति स्वरुपा पाँचकन्या गड्यौली माईको मन्दिर परिसर खरेडोल, नल्लु २, ललितपुर, नेपालमा सम्पन्न भएको छ ।
यहाँहरू सडकमा उत्रेर देशको समसामयीक विषयहरूमा विभिन्न कार्यक्रम मार्फत अभियान चलाउँदै आएको छ ।

यस अवधीमा जनताको समर्थन पनि जुटेको छ तर न त बाह्र वर्षमा खोलो फर्किन्छ भन्ने कुरा चरितार्थ भयो, न त महाभारतमा पाँच पाण्डवले वनबास फर्के जस्तो भयो न रामायणमा रामराज्य स्थापना गर्ने मर्यादा पुरुषोत्तम राम, सीता र लक्ष्मण वनबासबाट फर्किन सके जस्तो भयो । यसरी पार लाग्दैन भन्दै आउनु भएका सक्रिय युवा एक राष्ट्रवादी राजनीतिक जनजागरण अभियान काठमाण्डौ उपत्यकाका संयोजक नरेशमान सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा वहाँले काठमाण्डौकोे नजिक रहेर पनि यहाँका जनताहरू निरिह प्राणी जस्तै रहनुमा देशको राज्य संचालकहरूको वेवास्ताको कारण नै हो भन्दै जबसम्म शिक्षा र स्वास्थ्यमा जनताको पहुँच हुन्दैन तबसम्म परिवर्तनको आभास नहुने भएकोले यस क्षेत्रमा मन्दिरको माध्यमबाट आमुल परिवर्तन ल्याउने योजना बुनि राखेको छु भन्नु भयो ।

सो कार्यक्रममा मन्दिरको लागि क्योम्जोमसोम गाउँ पालिकाबाट रू. ५०,०००।– (पचास हजार) आर्थिक सहायता प्रदान गरेकोमा त्यसको स्वागत गर्दै त्यसमा प्रचार सचिव डा.मृगेन्द्र श्रेष्ठबाट रू. ५,०००।– (पाँच हजार), कोषाध्यक्ष रोशनकृष्ण रंजितबाट रू.२,०००।– सचिव शंकर मघैयाबाट रू. २,०००।– र अन्य दाताहरू र स्थानिय बासिन्दाहरूबाट चन्दा उठाएर मन्दिरमा तयार गर्नु पर्ने संरचनाहरू तत्कालै निर्माण गर्ने प्रस्तावलाई वार्षिक साधारण सभाले पारित गरेको छ ।
संस्थाका उपाध्यक्ष मान ब.लोप्चनले मन्दिरको पूर्वाधार निर्माण गर्न आउने स्थानिय मजदुरहरूलाई १० दिनको काम गरेबाट ७ दिनको मात्र पारिश्रमीक दिने ३ दिनको पारिश्रमिकलाई श्रमदानमा परिणत गर्ने नीति अंगाल्ने बताउनु भयो ।

सचिव शंकर मघैयाले मोही माग्ने ढुंग्रो लुकाउने कार्य हामीले जबसम्म गरि रहन्छौं तबसम्म देशको अस्तित्व बचाउने कार्य पछि–पछि पर्दै जाने भएकोले यस मन्दिरको प्राङ्गणमा राजा ज्ञानेन्द्रको सवारी चलाउने कार्यक्रम हामीले सार्वजनिक गरेकाछौं भन्नु भयो । त्यसको लागि आवश्यक बिन्तिपत्र चढाई सकेका छौं । यस क्षेत्रलाई नमूना गाउँको रुपमा विकास गर्ने लक्ष्य रहेको छ भन्नु भयो, त्यसको लागि गड्यौली माईको प्रचार प्रसारको लागि समितिका वरिष्ठ सल्लाहकार संस्कृतिविद, तन्त्र विज्ञ, उत्पत्ती काल देखि नै यस बारे खोज अनुसन्धान र पुस्तक समेत प्रकाशित गरिसक्नु भएका महेश्वर जुजु राजोपाध्याय ज्यूको मुखारविन्दबाट सप्ताहव्यापी कथा वाचन र प्रवचन कार्यक्रम समेत राख्ने तयारी भएको छ ।

संरक्षिका नानु माताले पुन बलिन्द्र आँसु चुहाउँदै देशलाई लथालिङ्ग र भताभुङ्ग अवस्थामा पु¥याउने दैत्यहरूलाई संहार गर्न महाकालीलाई पुकार गर्दै हाम्रो पुकारलाई चाँडै सुनोस भन्दै प्रार्थना गर्नु भयो ।

संस्थाका अध्यक्ष मान बहादुर स्याङतानले राजाको सवारीको लागि सम्पूर्ण वातावरण तयार पार्न गाउँलेहरू विच विचार आदान प्रदान र परामर्श भइरहेको बारे प्रकाश पार्नु भयो ।

उहाँले मन्दिरमा दर्शनको लागि माता नानुले परार साल बलिन्द्र आँसुको धारा बगाएर नेपाल आमाले ठूलो सकस पिडा सहि रहनु परिरहेको नेपाल आमाको मुहारमा खुशीयाली ल्याउन भूपति राजाले टुडिखेलको विच भागमा धर्ति पूजा र उपत्यकाका रक्षक भैरव गणहरूको होम गर्नु पर्ने आदेशानुसार प्रतिष्ठा समितिको तर्पmबाट राजामा बिन्ति पत्र चढाउने कार्य सम्पन्न भइसकेको जानकारी समेत साधारण सभामा अवगत गराएको थियो ।
साधारण सभाले प्रतिष्ठा समितिको तर्पmबाट सप्ताहव्यापी कथा र प्रवचनको आयोजना गर्न र सो कार्यक्रममा सबै सनातनी नेपाली नागरिकहरूलाई निम्ता दिने कार्यक्रम समेत तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्