आगलागीले सम्पूर्ण उपकरण नष्ट भएपछि सोलु एफएफको प्रशारण बन्द,करोडौंको क्षति



सोलुखुम्बु ,१७ फाल्गुन । प्रदेश नं १ कै पहिलो सामुदायिक एफएम सोलु एफएममा आगलागी भएको छ।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ६ दोर्पुमा कार्यालय रहेको सो एफएममा आइतबार राती अचानक आगलागी भएको स्टेसन मेनेजर भोजराज कार्कीले जानकारी दिए।सो आगलागीबाट एफएमका सम्पूर्ण उपकरणसहित भवनमा समेत क्षति पुगेको बताइएको छ।आगलागीको कारण भने अझै खुल्न सकेको छैन।

एफएममा अचानक लागेको आगो नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना,स्थानीयले नियन्त्रणमा लिएका थिए।नियन्त्रणका नगरपालिकाको दमकलसमेत प्रयोग गरिएको थियो। एफएमका सम्पुर्ण उपकरण जलेर नष्ट हुँदा ब्यबस्थापनका लागि समय लाग्ने बतांउदै कार्कीले एफएम प्रशारण केही दिनका लागि बन्द हुने जानकारी गराएका छन।

प्रतिक्रिया दिनुहोस्