मुलुक छिट्टै निर्बाचनमा जाने शेखर कोइरालाको भनाई



मोरङ,१४ फाल्गुन । कांग्रेस नेता शेखर कोइरालाले प्रतिनिधिसभा पुन:स्थापना भएसँगै अब राजनीतिक स्थिरताका लागि मुलुक छिटै निर्वाचनमा जाने बताएका छन् ।
कोइराला निवासमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले अब संसद्‌मा संख्याको खेल सुरु हुने भएकाले समयअगावै निर्वाचन हुने बताएका हुन् । संविधानको धारा १०० बमोजिम कुनै पनि दललाई बहुमत प्राप्त गर्न कठिन रहेकाले एक वा डेढ वर्षभित्र मुलुक निर्वाचनमा जाने कोइरालाको भनाइ थियो ।
अहिले कांग्रेस पर्ख हेरको भूमिकामा रहनुको विकल्प नभएको उनले बताए । ‘कांग्रेसले नेकपा फुटोस् भन्ने चाहँदैन तर नेकपा दुवै समूह कसरी अघि बढ्छ त्यो महत्वपूर्ण छ,’ कोइरालाले भने, ‘सर्वोच्चले १३ दिनभित्र संसद् बोलाउन आदेश गरेकाले प्रधानमन्त्री केपी ओलीले संसद्‌को सामना गर्ने कि विश्वासको मत लिनु हुन्छ कि अविश्वासको प्रस्ताव आउँछ त्यो हेर्न बाँकी छ ।’ नेकपाको दुबै समूहले के गर्छ त्यसको आधारमा कांग्रेसले रणनीति बनाएर अघि बढ्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्