पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएको होईन : प्रहरी



काठमाडौं,११ असोज ।
नेपाल प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई छोडेको छ। स्रोतका अनुसार शनिबार रातिबाट प्रहरी नियन्त्रणमा रहेका जबरालाई सामान्य सोधपुछपश्चात ११ घण्टा पछि छोडेको हो। उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले स्रोतले जनाएको छ।

तर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ नै नगरिएको दाबी गरेका छन् ।

उनले भने, ‘हामीलाई राति नै उहाँको जीवनमाथि नै गम्भीर खतरा आएको सूचनापछि सुरक्षा दिने क्रममा हामीले साथमै लिएर आएका हौँ ।’खड्काले राणा अहिले पनि सुरक्षाका लागि आफूहरूसँगै रहेको बताएका छन् । उनी सुरक्षित हुने सुनिश्चिततापछि घर पठाउने वा अन्यत्र सुरक्षित राखिने उनले जानकारी दिए ।

‘उहाँजत्तिको प्रोटोकल भएको व्यक्तिलाई हामीले यत्तिकै पक्राउ गर्ने भन्ने हुँदैन । अहिले पनि सुरक्षाका लागि हामीसँगै हुनुहुन्छ । उहाँ सुरक्षित हुने सुनिश्चिततापछि घरमा पठाउने वा अन्यत्र सुरक्षित राख्ने भन्ने कुरा हुन्छ । अहिलेसम्म अर्को कुरा खबर आएको छैन’, खड्काको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्