कांग्रेस निबर्तमान सभापति देउवा आज स्वदेश फर्कंदै



काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फिर्ता हुँदै छन् । उनी दिउँसो साढे १२ बजे नेपाल फर्किने तय भएको छ ।

जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा घाइते बनेपछि उपचारार्थ ७ चैतमा देउवा दम्पती सिंगापुरमै रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ पुर्जी जारी गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो ।

उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी डा.आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्