किरण थापालाई बागमती एमालेका १८ सांसदको समर्थन,थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता



हेटौंडा,२७ साउन । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट जगन्नाथ (जेएन) थपलियालाई हटाउने भएको छ ।

बुधबार प्रदेशसभा सचिवालय हेटौँडा र एमाले संसदीय दल कार्यालय हेटौँडामा नेता थपलिया विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो । संसदीय दलका कर्मचारी रिपेश दाहाल कार्य सिलसिलामा बाहिर रहेका बखत पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

थपलियालाई हटाएर पूर्व मन्त्री किरण थापा मगरलाई संसदीय दलको नेता बनाउन माग गर्दै दर्ता गरिएको अविश्वास प्रस्तावमा १६ सांसदको हस्ताक्षर र दुई सांसदको मौखिक समर्थन रहेको बताईएको छ।

केही दिनदेखि अस्पतालमा रहँदै आएका नेता थपलिया मंगलबार मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए भने उनी बुधबार साँझ चितवन फर्किने तयारीमा रहेका थिए । उनी विरुद्ध आनन्द कुमार श्रेष्ठ, कृष्ण प्रसाद सिलवाल, जयराम थापा,डा. दिनेशचन्द्र देवकोटा,प्रेमभक्त महर्जन,बिन्दु श्रेष्ठ, भरत बहादुर के।सी।, भारती कुमारी पाठक,माईली तामाङ, माया कुमारी कार्की, रघुनाथ महर्जन, रामेश्वर श्रेष्ठ, सकुन्तला श्रेष्ठ, हरिप्रसाद सापकोटा र ज्ञान बहादुर तामाङले सांसद थापालाई दलको नेता स्वीकार गर्दै हस्ताक्षर गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्