कोसी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस



काठमाडौं,२७ साउन । कोसी प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले बुधबार राजीनामा दिएसंगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ ।

सरकारमा सहभागी कांग्रेसका चारमन्त्री र एकजना राज्यमन्त्रीले बुधबार अपरान्ह मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएर सरकारबाट बाहिरिएका हुन् । ​कांग्रेसका तर्फबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री ​प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री ​भीम पराजुली,​ उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री ​मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री ​शोभा चेम्जोङले राजीनामा दिएको नेपाली कांग्रेस कोशी संसदीय दलले जनाएको छ ।

​एमाले र कांग्रेसबीचको सहमाति बमोजिम २०८१ भदौ २८ गते कांग्रेस कोसी सरकारमा सहभागी भएको थियो । त्यसपछि २०८२ पुस २२ गते मन्त्रिपरिषद् पुनर्गठन हुँदा ती मन्त्रीहरू नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्