फेरि देउवा समूहतिरै फर्कियो शेखर कोइरालाको मन



काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।

देउवा समूहले २९ देखि ३१सम्म काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ।राष्ट्रिय भेलामा नेता कोइराला पनि सहभागी हुने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए। देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित कुनै बैठकमा पनि सहभागी नभएका कोइराला भेलामा भने सम्बोधन गर्न जान लागेका हुन्।

देउवा समूहले डा.शशांक कोइरालाको संयोजकत्वमा भेला आयोजना गरेको छ।भेलालाई पूर्वसभापति देउवाले पनि सम्बोधन गर्ने तय भएको छ। देउवा साउन २८ गते स्वदेश फकिैदैँछन् ।

प्रतिक्रिया दिनुहोस्