पदभार ग्रहण गरेको चार महिनापछि छुट्टाछुट्टै भारत र चीनका राजदूतसंग भेटवार्ता गर्दै प्रधानमन्त्री शाह



काठमाडौं,२४ साउन । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटबार्ता गर्दैछन् । गत मार्च २७ मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका शाहले पदभार ग्रहण गरेको चार महिनापछि यी दुई देशका राजदूतहरूसँग भेट गर्न लागेका हुन्।

यसअघि सामुहिक मात्रै भेटबार्ता गर्ने भन्दै अलग अलग छलफल अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले भोलि सोमवार भने दुई छिमेकी मुलुकका राजदुतसँग छुट्टाछुट्टै भेटबार्ता गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्ने कार्यक्रम तय भएको छ भने सोमवार दिउँसो नै ३ः०० बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यतालिका रहेको छ ।

यसअघि, अप्रिल ८ मा प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता भने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्