देवकुमारी खडगीकाे दुई फरक सिर्जना एकसाथ सार्वजनिक 



काठमाडौ,२४ साउन । प्रेम, पारिवारिक सम्बन्ध, सामाजिक संवेदना र मानवीय भावनालाई कलामार्फत उजागर गर्ने दुई फरक सिर्जना‘कति बस्छौं माइतीघर’ म्युजिक भिडियो र ‘आश्रम’ सर्ट फिल्म काठमाडौंको जय नेपाल हलमा विशेष समारोहबीच भव्य रूपमा एकसाथ  सार्वजनिक गरिएको छ।

लाेकप्रिय अभिनेता कर्मा अभिनित ” भ्रम” चलचित्र निर्देशन गरेका निर्देशक रविन्द्र शाहीको निर्देशनमा तयार भएको ‘कति बस्छौं माइतीघर’ म्युजिक भिडियोमा गायक किशोर कुमार शाही र देवकुमारी खड्गीको  स्वर रहेको छ। म्युजिक भिडियोमा श्रीतिका श्रेष्ठर अभिषेक श्रेष्ठले भावनात्मक तथा प्रभावशाली अभिनय गरेका छन्। प्रेम, सम्बन्ध र जीवनका भावनात्मक पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोले दर्शकको मन छुने अपेक्षा गरिएको छ। याे गीतको संगीत गायक किशोर कुमार शाही काे नै रहेकाे छ भने संगीत संयाेजन सुमन कपालीले गरेका छन् । रविन्द्र शाही ले निर्देशन गरेको याे भिडियो ओमप्रकाश अवस्थी इश्वर काे छायांकन र सम्पादन गरेका हुन्  भने नृत्य निर्देशन राजन शाहीले गरेका हुन्  ।

दुई सिर्जना सार्वजनिक गरिएको विशेष समारोहमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, ज्येष्ठ विशिष्ट चलचित्रकर्मी मदनदास श्रेष्ठ,   नायक धीरेन शाक्य, विशिष्ट चलचित्र पत्रकार तथा निर्देशक विजय रत्न तुलाधर, विशेष अतिथिका रुपमा रहेका थिए भने अभिनेत्री हरु शर्मिला मल्ल र पल्पसा डंगोल, अग्रज कलाकर्मि पवन जाेशी, अभिनेता रविन्द्र खड्का र सिलु का नायक जय श्रेष्ठ र जयनेपाल    सञ्चालक गोपालकाजी कायस्लगायत चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसै अवसरमा समाज र मानवीय जीवनका संवेदनशील पाटालाई केन्द्रमा राखिएको सर्ट फिल्म ‘आश्रम’ पनि सार्वजनिक गरिएको हो। फिल्ममा विजय के.सी., निरु बुढा मगर, देवकुमारी खड्गी र सत्यदेवी थापाको अभिनय रहेको छ। चाँदनी, शेरबहादुर डी.सी. र दीपक कपाली अतिथि कलाकारका रूपमा देखिएका छन् भने रुहान शाक्य र युवराज श्रेष्ठले बालकलाकारका रूपमा अभिनय गरेका छन्।‘आश्रम’को कथा, सम्पादन तथा निर्देशन नरेन्द्रबहादुर धामीले गरेका हुन्। फिल्मका निर्माता इन्द्र खड्गी हुन् भने प्रस्तुति देवकुमारी खड्गीको रहेको छ।

सार्वजनिक कार्यक्रममा उपस्थित चलचित्रकर्मी तथा अतिथिहरूले दुवै सिर्जनाले मनोरञ्जनसँगै नेपाली समाजका संवेदनशील विषय, पारिवारिक सम्बन्ध र मानवीय भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए।

कला केवल मनोरञ्जनको माध्यम होइन, समाजको ऐना पनि हो।*यही भावलाई आत्मसात् गर्दै निर्माण गरिएका ‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ले दर्शकलाई मनोरञ्जनसँगै सोच्न र अनुभूति गर्न बाध्य बनाउने विश्वास कार्यक्रमका अतिथिहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्