धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन



काठमाडौं,८ बैशाख । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा। घनश्याम उपाध्याय र भुवन कुमार दाहाल (काठमाडौं) सदस्य रहने गरी सिफारिस समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिँए।

यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री तिमल्सिनाले जानकारी दिए ।

मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

मन्त्री तिमल्सिनाका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान) र सदस्य पदमा नवराज सिम्खडा (धादिङ) एवं रोशन बहादुर शाक्य (ललितपुर)लाई नियुक्ति र मनोनयन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्