तिहारमा फूलमाला बिक्री गर्न काठमाडौं महानगरपालिकाले तोक्यो ३२ ठाउँ
काठमाडौं,२४ असोज । काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला बिक्री गर्नका लागि ३२ वटा ठाउँ तोकेको छ ।

तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ ठाउँ तोकेको महानगरले आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । यी ठाउँबाट नेपाली किसानले उत्पादन गरेका फूलमाला मात्रै बिक्री गर्न पाइनेछ ।
भारतलगायत अन्य देशबाट आयात गरिने फूलमालालाई प्रतिस्थापन गर्न तथा नेपाली किसान र स्थानीय उद्यमीलाई बजार उपलब्ध गराउने काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो ।
महानगरले नयाँ बानेश्वरको एनबी सेन्टर, शङ्खमूल बिगमार्ट, नयाँ बानेश्वरको आईप्लेक्स मल,मध्यबानेश्वर सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर,तीनकुुने चौर,सिफल चौर,चावहिलको एसपी कम्लेक्स, गणेशस्थान तरकारी बजार, केएल टावर अगाडि र चावहिल सेन्टर अगाडि,स्वयम्भूको धर्मचोक पार्क,कालीमाटी ब्याङ्गकेट र द्यौखेल, कलङ्की भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर तोकेको छ ।
यस्तै माछापोखरीको बुद्ध महल र गुणस्तर खाल्डो, हाँडीगाउँको ५ नम्बर वडा अगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोङ्गबु बिगमार्ट, चप्पलकारखाना बिगमार्ट, बालुवाटार बिगमार्ट, कामलादीको आईटी बिल्डिङ्ग, पुतलीसडकको स्टार मल, अनामनगर भाटभटेनी, सुन्धाराको काठमाण्डौ मल, काठमाण्डौ वडा नम्बर २८ अद्वैतमार्गको वडा कार्यालय बनाउने ठाउँ र न्युप्लाजा बज्र कम्लेक्सको गुड मार्टमा बिक्री केन्द्र स्थापना हुनेछन् ।
नगर प्रहरी प्रमुख पाण्डेले अवैध रूपमा विदेशी फूलमाला ल्याई बेचेको पाइए महागर प्रहरीलाई सूचना दिन आग्रह गर्नुभयो ।

