खोलियो कोशी ब्यारेजका ५६ वटै ढोका



काठमाडौँ । सुनसरी स्थित सप्तकोशी नदीले खतरा तह पार गरेको छ । बिहान ८ः१० मा चतरा जलमापन केन्द्रको जलसतह खतरा तह पार गरेको हो । कोशीमा ३ लाख ३६ हजार क्युसेक भन्दा माथि पानी बहाव पुगेपछि सबै ढोका खुला गरिएको छ ।

अहिले व्यारेजमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।
अहिले व्यारेजका ५६ वटै ढोका खोलिएको हो। यो संगै जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउनु आग्रह गरिएको छ ।

यस क्षेत्रमा आज पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्