प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट
काठमाडौँ,३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’(आइएससी)का सहभागीले आज भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा(आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताउनुुभयो ।
भेटमा मलेसियाली सांसदहरू दातुक विरा,डा मोहम्मद हट्टा बिन एमडी रामली,रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरी लगायत अन्य सहभागी हुुनुुहुन्थ्यो ।
यस्तै नेपाली प्रतिनिधिका रुपमा (आइएससी) का नवनियुक्त महासचिव एवं नेपालका सांसद एकनाथ ढकाल, नेकपा (एमाले) का सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी हुनुुहुुन्थ्यो ।

