पाकिस्तानले युद्धविराम सहमति उल्लंघन गरेको भारतको आरोप



काठमाडौं,२८ बैशाख । भारतले पाकिस्तानमाथि युद्धविराम सहमति उल्लंघन गरेको आरोप लगाएको छ।

शनिबार राति करिब ११ बजे भारतीय विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन गरी पाकिस्तानले फेरि आक्रमण सुरु गरेर युद्धविराम सहमति भंग गरेको आरोप लगाएका हुन। शनिबार साँझ भारत र पाकिस्तानबीच स्थल, आकाश, र समुद्रमार्फत हुने सबै प्रकारका सैन्य कारबाही रोक्ने सहमति भएको थियो।

विशेष ब्रिफिङमा मिश्रीले भने, ‘पछिल्ला केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्न आज साँझ सम्झौता भएको छ। पछिल्ला केही घण्टादेखि पाकिस्तानले यो सम्झौताको घोर उल्लंघन गरिरहेको छ।”भारतीय सेनाले जवाफ दिइरहेको छ र सीमा अतिक्रमणको सामना गरिरहेको छ। यो अतिक्रमण अत्यन्तै निन्दनीय छ र यसका लागि पाकिस्तान जिम्मेवार छ।’

यस विषयमा पाकिस्तानको औपचारिक प्रतिक्रिया आइसकेको छैन, तर चीनले पाकिस्तानको संयम र जिम्मेवार व्यवहारको प्रशंसा गरेको बताइएको छ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्धविरामको मध्यस्थता गरेको बताइएको छ

प्रतिक्रिया दिनुहोस्