काठमाडौंको अर्थपूर्ण भ्रमणमा बिजेपी नेता: चौथाइवाले गए,भित्रिए कोश्यारी



काठमाडौं,२६ बैशाख।भारतीय जनता पार्टी (बीजेपी) का नेता भगतसिंह कोश्यारी राजनीती भेटघाटमा व्यस्त छन्। सोही पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले फर्केको एक साता नपुग्दै भाजपाका अर्का नेता भगत सिंह कोश्यारी बुधबार काठमाडौं आईपुगेका हुन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बिश्वासपात्र मानिने चौथाईवाले बैशाख १७ गते तीनदिने भ्रमणका लागि काठमाडौं आएका थिए।

बिमस्टेक सम्मेलनमा सहभागी हुन थाईल्याण्डको राजधानी बैंकक गएका बेला गत चैत २२ गते म्यान्डरिन ओरिएन्टल होटलमा एक्लाएक्लै साईडलाईन भेटवार्ता गरेयता बाक्लिएको बीजेपी नेताहरुको काठमाडौं भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपाली राजनीति अत्यन्तै तरल र भारत-पाकिस्तानबीच तनाव भइ रहेका बेला बाक्लिएको यो भ्रमणको शृङ्खलाले बिशेष अर्थ राख्ने जानकारहरु बताउँछन।

चौथाईवाले नेपाल भ्रमणका क्रममा जजस्लाई प्राथमिकताका साथ भेट गरेका थिए,कोश्यारीले पनि उनीहरूसंगकै भेटलाई प्राथमिकता दिएका छन्।कोश्यारीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई शितल निवासमा,प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलाटारस्थित उनकै निवासमा पुगेर भेटघाट गरे। तीन दिन अघि ललितपुरको टेरेस रिसोर्टको शौचालयमा लडेर घाइते प्रचण्डलाई भेट्न उनी खुमलटार नै पुगेका थिए।

साँझ गृहमन्त्री रमेश लेखकसँग मन्त्री निवासमा डिनरसहित भेटघाट भएको थियो। त्यसअघि उनी बिहानै पशुपतिनाथको दर्शनका लागि पुगेका थिए। पशुपतिको दर्शनपछि उनले कांग्रेसका दोस्रो तहका नेतासँग भेटका थिए।

नेपाल मामिलामा जानकारसमेत रहेका कोश्यारी नेपाल–भारत सीमा पुनरावलोकन लगायतका समस्याका विषयमा सुझाव दिने सम्बन्धमा गठित प्रबुद्ध व्यक्ति समूह (इपेजी)को भारतका संयोजकसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्