जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एकजना पक्राउ



मोरङ,२२ बैशाख। ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका-९ भलुवा चोक बस्ने ४४ वर्षीय मोहन कुमार मगर छन् ।

मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्