नयाँ बर्षका अवसरमा ‘हामी धराने’ को शुभकामना आदानप्रदान सम्पन्न



काठमाडौं, ६ बैशाख । काठमाडौंमा रहेर धरानको बिकास र समृद्धिका लागि भूमिका खेल्ने उद्देश्यले गठन भएको हामी धराने संस्थाले नयाँ बर्ष २०८२ का अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

राजेन्द्र श्रेष्ठ बनेपालीको सभापतित्व तथा डा. छत्र अमात्यको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न कार्यक्रमका बक्ताहरुले धार्मिक, सामाजिक र भौगोलिक रुपमा बिशिष्ट पहिचान भए पनि धरान राज्यको तर्फबाट नागरिकले पाउनु पर्ने न्युनतम सुविधाबाट पनि बन्चित बन्न पुगेको गुनासो गर्दै यसको अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए।

शशी शर्मा पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा बिशेष अतिथि पूर्बमन्त्री एबम् नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्मा,पूर्बमन्त्री एबम् प्रतिनिधि सभा सदस्य समेत रहेका संघीय समाजबादी पार्टी नेपालका अध्यक्ष अशोक कुमार राई,युवा समाजसेवी तथा धरान एकता समाजका संरक्षक संदिप श्रेष्ठ लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा धरानका अग्रज महिला समाजसेवी सरला कायस्थलाई सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्