सोलुमा एमालेको प्रशिक्षण सुरु,के बिषयमा दिँइदैछ प्रशिक्षण ?
सोलुखुम्बु।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको आयोजनामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन गरिने सो प्रशिक्षणको सोमबार नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गरेका हुन्।सदरमुकाम सल्लेरीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिब ज्ञवालीले पार्टीले योजनाबद्द ढंगले प्रशिक्षण कार्यक्रम अघि बढाईरहेको बताउँदै सात वटै प्रदेशमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जानकारी दिए।
छुट्टै प्रसंगमा उनलेे जनतामा बढ्दो चरम निराशालाई चिर्न र अस्थिरताको अन्त्य गरेर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडी बढाउन बर्तमान सरकार गठन भएको बताए। उनले एमालेको नेतृत्वमा सरकार गठन भएयता उल्लेखनीय काम भइ रहेको दावी गरेका थिए।
नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष आशकुमार राई’शिशिर’ले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
उद्घाटन सत्रपछि आजैबाट नेपाल कम्युनिष्ट पार्टीको एमाले प्रशिक्षण विभागले तयार गरेको पाठयक्रममा आधारित भएर आधारभुत तहको प्रशिक्षण सुरु भएको छ। सहभागीहरुलाई उपमहासचिव ज्ञवाली,पार्टी सचिव घनश्याम कोइराला र केन्द्रिय सदस्य परशु मेघी गुरुङले प्रशिक्षण दिइरहनु भएको उपाध्यक्ष खालिङले जानकारी दिए।
‘जबज र समृद्ध नेपाल,सुखी नेपालीको कार्यदिशा”सामाजिक रुपान्तरण र मार्क्सवादी दर्शन”संगठन निर्माण,व्यवस्थापन तथा परिचालन’,’राजनीतिक अर्थशास्त्र सिद्धान्त र वर्तमान अवस्था’
‘विज्ञान प्रविधिको विकास र सूचना तथा सञ्चारको महत्व’
‘नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन’लगायत प्रशिक्षणका बिषय रहेको बताईएको छ। यसैगरी,नेकपाको विकासक्रममा जिल्लाको कम्युनिष्ट आन्दोलन : विगत, वर्तमान र भावी कार्यदिशातथा जिल्लाको समग्र विकासमा पार्टीको प्रयास, सम्भावना र भावी योजना (कार्यशाला)पनि प्रशिक्षणमा समेटिने छ।

