शेर्पा किदुग क्रोएसियाले ग्याल्पो ल्होसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रममा गर्ने



दावा जाङ्बु शेर्पा,काठमाडौं।शेर्पा किदुग क्रोएसियाले राजधानी जाग्रेबमा मार्च २ तारिखमा २१५२ औं स्यिङ मो डुल लो ग्याल्पो ल्होसार भब्य रुपमा मनाउने भएको छ ।

गठित किदुगले आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रममा चर्चित गायक लगायत अन्य मुलुकबाट कलाकारहरु आउने अध्यक्ष निमा रिन्जेन शेर्पाले बताए । उनका अनुसार कार्यक्रममा गायक सोनाम शेर्पा,कोशिस प्रदीप लामा, आङ फुर्बा शेर्पा,पासाङ शेर्पा लगायत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछन् ।

ग्याल्पो ल्होसार कार्यक्रमका लागि गायक सोनाम शेर्पा बेल्जियम र प्रदीप लामालाई नेपालबाट ल्याउन लागिएको शेर्पा किदुग क्रोएसियाका अध्यक्ष शेर्पाले बताए । अध्यक्ष शेर्पाका अनुसार आङ फुर्वा र पासाङ लमु भने क्रोएसियामै छन् ।

`ल्होसार कार्यक्रम मिति तय भएसंगै कलाकारहरू पनि लगभग तयार भइसकेको छ´ अध्यक्ष शेर्पाले भने,`केही दिनमा क्रोएसियाको राजधानी जाग्रेबमै कार्यक्रम गर्नेगरी हलको टुंगो लगाइने छ। उनले शेर्पा समुदाय लगायत क्रोएसियामा रहेका नेपालीहरुलाई समेत कार्यक्रममा सहभागी भइ सहयोग गर्न आग्रह गरे ।

शेर्पा समुदायले क्रोएसियामा भब्य रूपमा ल्होसार मनाउन लागेको यो पहिलोपटक हो । यसअघि व्यक्तिगत रूपमा ल्होसार मनाए पनि संस्थागत रूपमा मनाउने गरिएको थिएन।क्रोएसिया सेन्जेन भएपछि नेपालीहरुको रोजगारीको गन्तव्य बनेको छ । सेन्जेन हुनुअघि खासै नेपाली नदेखिएको क्रोएसिया हाल २५ हजारभन्दा धेरै रहेको अनुमान गरिन्छ।

प्रतिक्रिया दिनुहोस्