नेचासल्यानको प्रशासकीय भवन : निर्माण कम्पनीले गर्‍यो गाउँपालिकालाई हस्तान्तरण



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।निर्माण सम्पन्न भएसंगै नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाको वडा नं-३ स्थित साप्ताहिक बिहिबारे बजारमा निर्माण गरिएको सो भवन निर्माण कम्पनीले बुधबार गाउँपालिकालाई हस्तान्तरण गरेको हो।सो क्रममा निर्माण कम्पनी आरोन ॐ बालाजी पि आर जे भि का प्रबन्ध निर्देशक विजय सुनारले गाउँपालिकाका अध्यक्ष धनजन राईलाई चाबी हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाले २०८० साल चैत्र २२ गते प्रशासनिक भवन निर्माणका लागि सो कम्पनीसंग सम्झौता गरेको थियो। नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत गरी कुल ३ करोड ७२ लाख बजेटमा भवन निर्माण गरिएको पालिकाका सूचना अधिकारी युवराज पोखरेलले जानकारी दिए।

निर्माण कम्पनीले भवन हस्तान्तरण गरेसँगै आउँदो फागुन ७ गते उदघाटन गरिने गाउँपालिका अध्यक्ष धनजन राईले बताउनुभयो । ५ तले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भएपछि गाउँपालिका बासीलाई प्रशासनिक सेवा प्रवाहमा थप सहजता हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्