सोलुदुधकुण्ड नगरपालिकाको तिङलामा एमालेको गञ्जेडाँडा टोल कमिटी गठन



सोलुखुम्बु।नेकपा एमाले सोलुदुधकुण्ड नगरपालिका कमिटीले वडा नं ११ मा टोल कमिटी गठन सम्पन्न गरेको छ।

नगरपालिकाको वडा नं ११ तिङ्लाको गञ्जे डाँडामा तिलक कार्कीको अध्यक्षतामा ३३ सदस्यीय जोरसल्ले टोल कमिटी गठन गरेसंगै बुधबारबाट टोल कमिटी गठन सम्पन्न गरिएको हो। यस अघि बेलिडांडा,शिबमन्दिर,बास्पुरा टोल कमिटी गठन गरिएको थियो ।

नेकपा एमाले सोलुदुधकुण्ड नगर कमिटी अध्यक्ष दीपक राजभण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कमिटीको उपाध्यक्षमा भक्त कार्की, सचिव गंगा खड्का, उपसचिवद्वयमा रेखा विश्वकर्मा र सुस्मा खड्का रहेको जिल्ला कमिटी सदस्य एबम् सोही वडाका इन्चार्ज नरबहादुर कट्वालले जानकारी दिए ।

भेला वडा कमिटी अध्यक्ष कुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।

नगर कमिटी अध्यक्ष राजभण्डारीका अनुसार बांकी रहेका वडामा अधिबेशन गर्ने र टोल कमिटी गठन गर्ने कार्यलाई तीब्रता दिने नगर कमिटीको योजना रहेको छ। हालसम्म नगरपालिकाका वडा नं १,४,५,८,१० र ११ नं वडाको वडा कमिटी अधिबेशन सम्पन्न भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्