क्रोएशियामा पहिलो पटक शेर्पा किदुग गठन,अध्यक्षमा निमा रिन्जेन शेर्पा
दावा जाङ्बु शेर्पा,काठमाडौं।क्रोएशियामा पहिलो पटक शेर्पाहरुको साझा संस्था शेर्पा किदुग क्रोएसियाको औपचारिक गठन भएको छ ।

क्रोएशियाको राजधानी जाग्रेबमास्थित एक होटलमा नोभेम्बर १७ मा सम्पन्न भेलाले सिन्धुपाल्चोक निवासी निमा रिन्जेन शेर्पाको अध्यक्षतामा १० सदस्यीय कार्य समिति गठन गरिएको हो ।
शेर्पा जातीको भाषा,कला संस्कृति तथा परम्परागत मुल्य र मान्यता हरुको संरक्षण तथा प्रबर्द्धन गर्नका लागि युरोपियन मुलुक क्रोएशियामा बसोबास गरिरहेका सबै शेर्पाहरुलाई सङ्गठित गर्ने, विभिन्न कारणले समस्यमा परेकाहरुलाई मानवीय रुपमा उचित सहयोग गर्न तथा आफ्नो मातृभुमि देश नेपाल छोडेर आएका शेर्पाहरुको ऎतिहासिक मौलिक पहिचानका खातिर अग्रसर हुन समय र परिस्थिति अनुसार आबश्यक भएकाले क्रोएशियामा रहेको सबै शेर्पाहरुको साझा सस्थाको रुपमा किदुग गठन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
समितिको वरिष्ठ उपाध्यक्ष दाकि शेर्पा,उपाध्यक्ष फुडोमा शेर्पा, कोषाध्यक्ष याङ्जि शेर्पा,महासचिव पेम्बा शेर्पा,सचिव निम्ते शेर्पा, सहसचिव निमा शेर्पा रहेका छन् ।त्यसैगरी कार्यसमितिका सदस्यहरुमा क्रमशः फुडोमा शेर्पा,निमा शेर्पा,जाङ्मु शेर्पालाई चयन भएको जानकारी उनले दिए।
शेर्पा किदुग क्रोएसियाको प्रमुख सल्लाहकार लाप्सङ शेर्पालाई मनोनयन गरिएको छ ।

