भारत र मलेसियाका लागि राजदूत नियुक्त



काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूतलाई नियुक्त गरेका छन्।राष्ट्रपति पौडेलले उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा नियुक्त गरेका हुन्।

उनले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र मलेसियाका लागि नेपालको आवासीय राजदूत नेत्रप्रसाद तिम्सिनालाई नियुक्त गरेका हुन्।

शर्मा दोस्रो पटक भारतको राजदूत नियुक्त भएका हुन्।शर्मा २०७८ चैतदेखि २०८१ असारसम्म नेपालका लागि भारतमा राजदूत थिए । चारवर्षे कार्यकाल पूरा नहुँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत जेठ अन्तिममा ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्दा त्यसमा शर्मा पनि परेका थिए ।

प्रतिक्रिया दिनुहोस्