नेकपा माओवादी केन्द्र सोलुखुम्बु धमाधम पालिकास्तरीय काठमाडौं सम्पर्क समिति गठन गर्दै



काठमाडौं।नेकपा माओवादी केन्द्र सोलुखुम्बुले पालिकास्तरीय काठमाडौं सम्पर्क समन्वय समिति गठन सुरु गरेको छ।

सोमबार खुम्बु पासाङल्हामू गाउँपालिका-काठमाडौं सम्पर्क समन्वय समिति गठन गरेको माओवादी केन्द्र सोलुखुम्बुले थुलुङ दुधकाेशी-काठमाडौं सम्पर्क समिति पनि गठन गरेको माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका समितिका अध्यक्ष रामसंघर्ष किरांतीले जानकारी दिए।

नेकपा माओवादी केन्द्र सोलुखुम्बुका सह-इन्चार्ज एबम् थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यमा राजधानीमा मंगलबार सम्पन्न दाेस्राे सम्मेलनले शिव कुमार राई ( माईला) काे अध्यक्षतामा २९ सदस्यीय थुलुङ दुधकोशी-काठमाडौ सम्पर्क समिति गठन गरेको हो।

समितिको उपाध्यक्षद्वयमा शब्द कुमारी राई,दिलिप संकल्प राई,सचिबमा सूर्यकुमार राई,सहसचिवमा महेश राई र कोषाध्यक्षमा सन्जुकुमारी राई रहेको किराँतीले जानकारी दिए।

उता, सोमबार गठित नेकपा माओवादी केन्द्र खुम्बु पासाङ ल्हामू गाउँपालिका सोलु काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा सञ्जय कुमार तामाङ छन्।

२१ सदस्य कार्यसमितिको उपाध्यक्षमा फुर्वा याङजी शेर्पा , पेम्बा गेल्जेन शेर्पा र धन कुमार तामाङ, सचिवमा गोविन्द्र भट्राई, सहसचिवमा दिपेश मगर र कोषध्यक्षमा आङ निमि शेर्पा चयन हुनुभएको नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्