कवि शारदा कार्कीको शोककाब्य ‘आमा’ लोकार्पित
विराटनगर।कवि शारदा कार्कीको शोककाब्य ‘आमा’को लोकार्पण गरिएको छ ।

छन्दवाटिका नेपाल,विराटनगरको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ गङ्गा सुवेदी लगायत विशिष्ट अतिथि तथा अतिथिहरुले सो कृतिको लोकार्पण गरेका हुन्।
छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समीक्षक प्रा. भूषण ढुङ्गेलले विमोचित कृतिको समीक्षा गर्दैन कृति छन्दमा बगेको र पठनीय रहेको बताएका थिए।
उनले कृतिका बिभिन्न श्लोकहरूको उदाहरण दिदै उनले भने’शारदा कार्कीले उनकी आमाको समर्पणमा लेखेको यो कृति सुन्दर छ। ‘ ।
प्रमुख अतिथि गङ्गा सुवेदीले यो कृति प्रकाशन गरेर कविले हामी सबैलाई आमाप्रतिको श्रद्धा भाव जागृतिका निम्ति स्मरण गराएको बताइन् । छन्दवाटिकाका अध्यक्ष कट्टेलले कवि शारदा कार्की विराटनगरमा समर्पित भएर छन्दोबद्ध कविता लेखनमा लागेको पाएको र छन्दोबद्ध सिर्जना र सर्जकलाई मञ्च दिने र थप प्रोत्साहित गर्ने संस्थाको उद्देश्य रहे अनुरुप यो कृति विमोचनको कार्यक्रम आयोजना गरिएको बताए । उनले थपे ‘कवि शारदा विराटनगरमा देखिएकी छन्दमा आसलाग्दी नारी स्रष्टा हुन ; उनले अझै आफूलाई परिस्कृत गर्दै यसै गरी मेहनत गरिन् भने यो फँटमा उनको भविष्य राम्रो छ।
कार्यक्रममा विशिष्ट अतिथि कविराज न्यौपाने ,झापाका कवि तुलसी भट्टराई, गजलकार मधु पोखरेल,देबी पन्थी लगायतले शुभकामना मन्तव्य राखेका थिए । छन्दवाटिका सदस्य कविता चापागाईंको स्वागत मन्तब्य रहेको यस समारोहमा झापाका कवि दूर्गा सिग्देलले विमोचित कृति भित्रबाट केही श्लोक कविता पनि वाचन गरेका थिए ।कार्यक्रम लेखनाथ वाचनालय विराटनगरको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा झापा मोरंग सुनसरीका विशिष्ट साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

