श्री हिमाल दर्शन माबि स्वर्ण जयन्ती तयारीका लागि विभिन्न उपसमिति गठन



सोलुखुम्बु।नेचासल्यानस्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालय स्वर्ण जयन्ती मूल आयोजक समिति सचिवालयको बैठक सम्पन्न भएको छ।

समिति संयोजक ओमप्रसाद बास्तोलाको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले स्वर्ण जयन्तीका लागि मुख्य नारा तय गर्नुका साथै विभिन्न उपसमिति गठन गरिएको विद्यालय व्यबस्थापन समितिका सदस्य नवराज जमरकट्टेलले जानकारी दिए।

बैठकले विद्यालयको स्वर्ण जयन्तीका लागि ‘गौरवमय इतिहास र प्रतिष्ठित साखसहितको शैक्षिक धरोहर हाम्रो सान,असल संस्कारयुक्त गुणस्तरीय शिक्षा, स्वर्णीम हिमाल दर्शन हाम्रो अभियान’ भन्ने नारा तय गरेको उनलेे बताए।

स्वर्ण जयन्तीलाई भव्य रूपमा सम्पन्न गर्न कार्यबिभाजन गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष धनजन राइको संयोजकत्वमा सल्लाहकार समिति, ओमप्रसाद बास्तोला संयोजकत्वमा आर्थिक उपसमिति,नवराज जमरकटेलको संयोजकत्वमा प्रसार प्रसार उपसमिति ,नरेश राईको संयोजकत्वमाखेलकुद उपसमिति, उर्मिलादेवी शर्माको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको छ।

यसैगरी, जेवी राईको संयोजकत्वमा साहित्यिक उपसमिति र प्रशान एलुङ राईलाई अमेरिकाको संयोजक,बिब्यराज राईलाई बेलायतको संयोजक,प्रकाश राई अन्तेलाई कोरियाको संयोजक र टुपेन मगरलाई हङकङको संयोजकको जिम्मेवारी दिएइएको जमरकट्टेलले जानकारी दिए।

स्वर्ण जयन्तीलाई सप्ताह व्यापी रुपमा सम्पन्न गर्नका लागि विद्यालयले पचास वर्ष पूरा गरेको सुखद अवसरमा विद्यालयका ४० र पूर्ब विद्यार्थी समाजका १० गरी ५० वटा संकल्प कार्यान्वयन गर्ने र आगामी कार्तिक ३ गते पूर्व विद्यार्थी समाजको समन्वयमा काठमाडौंमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्