आजदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाईने



काठमाडौं।आजदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाईने भएको छ।

बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै सरकारले राष्ट्रिय शोक घोषणा गरेसंगै राष्ट्रिय झण्डा आधा झुकाउन लागिएको हो।

सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले मंगलबारदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्