मोलुङ वचत तथा ऋण सहकारीको पन्ध्रौं बार्षिक साधारण सभा सम्पन्न
भक्तपुर।भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ३ कौशलटारमा सञ्चालित मोलुङ वचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारण सभा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।
कौशलटारस्थित त्रिशक्ती पार्टी प्यालेसमा संस्थाका सञ्चालक समितिका अध्यक्ष चेतनाथ घिमिरेको अध्यक्षतामा सञ्चालित कार्यक्रममा भक्तपुर जिल्ला सहकारी संघका सल्लाहकार केदार खड्तिका प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक डिल्लिराम पोखरेलले लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन तथा अध्यक्ष चेतनाथ घिमिरेले आर्थिक बर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन तथा आर्थिक बर्ष २०८१/०८२ को अनुमानित कार्यक्रम प्रस्तुत गरेको सो कार्यक्रममा राष्ट्रिय सहकारी बैकका प्रतिनिधि, नेफ्स्कुनका प्रतिनिधि,मध्यपुर ठिमी नगरपालिका सहकारी शाखाका प्रतिनिधिको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा जेष्ठ नागरिक सम्मान,उत्कृष्ट मासिक बचत कर्ता सम्मान, उत्कृष्ट दैनिक बचत कर्ता सम्मान, उत्कृष्ट कर्जा कारोबारी तथा उत्कृष्ट कर्मचारिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रा डा भुप प्रसाद धमला, बलराम राय तथा अन्य अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।।