शुक्रबार १० नेपाली आरोहीले गरे सगरमाथाको सफल आरोहण



काठमाडौं।यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहणमा
१० जना नेपाली आरोहीहरु चुचुरोमा पुग्न सफल भएका छन्। डोरी टाँग्ने काम पनि सफलतापूर्वक सम्पन्न गरेपछि उनीहरू शुक्रबार राति ८ बजेर १५ मिनेटमा सर्वोच्च शिखरमा सफल आरोहण गरेको सेभेन समिट ट्रेकले जनाएको छ।

आरोहण दलमा डेन्डी शेर्पा (दल नेता),तेन्जिङ ग्याल्जे शेर्पा, नाम्गेल दोर्जी शेर्पा, सुकबहादुर तामाङ,दावा रिन्जे शेर्पा, दावा शेर्पा, रिन्जी शेर्पा,पेम्बा तासी शेर्पा,पाम दोर्जे शेर्पा र लाक्पा शेर्पा छन्।

यस ऋतुमा सगरमाथा आरोहणका लागि ४१ वटा आरोहण दलका ४ सय १४ आरोहीले समगरमाथा आरोहणका लागि अनुमति लिएका छन्।

हिउँमाथि डोरी टाँग्ने र भर्‍याङ बनाउने काम सम्पन्न भएकाले अब अन्य स्वदेशी तथा विदेशी आरोहीका लागि सगरमाथा आरोहण खुला भएको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्