पञ्चनको कालिका देवी माबिले गर्यो उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान
सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं-३ पञ्चनस्थित श्री कालिका देवी माध्यमिक विद्यालयले गत शैक्षिकसत्रका उत्कृष्ट शिक्षकका साथै विद्यार्थीहरुलाई सम्मानित गरेको छ।

विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा शैक्षिकसत्र २०८० को मुल्यांकनबाट सर्वोत्कृष्ट ठहरिएका शिक्षक मेघनाथ महरा नगद पाँच हजार पुरस्कारसहित प्रशंसापत्र र उत्कृष्ट विद्यार्थीहरुलाई दाता सहवीर राई र कृष्णकुमार राई तथा जेविपी दिपिका कोइराला अक्षयकोष मार्फत् नगद पाँच हजार सहित प्रसंशापत्र, खादा र अबिरले सम्मानित गरिएको प्रधानाध्यापक बिष्णु प्रसाद ढुंगेलले जानकारी दिए।सम्मानित हुने विद्यार्थीहरुमा शैक्षिकसत्र २०८० मा कक्षा ५ का जेनिशा राई र कुशल राई कक्षा ८का सरू राई र सागर नेपाली तथा कक्षा १० का इच्छा दाहाल र रितु राई रहेको उनले बताए।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मीन प्रसाद कोइरालाको सभापतित्व तथा वडा नं ३ का वडाध्यक्ष इन्द्रमणी दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सो विद्यालयबाट शैक्षिकसत्र २०८०/८१ को कक्षा १२ (SLC ) को अन्तिम परीक्षा दिएका तथा कक्षा ११ का सम्पूर्ण विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामनाका साथ प्रशंसा पत्रसहित बिदाई गरिनुका साथै चियापानको समेत आयोजना गरिएको विद्यालयले जनाएको छ।

