फेक एकाउन्ट बनाई सामाजिक सञ्जालमार्फत श्रीमतीको चरित्र हत्या गरेको आरोपमा श्रीमान पक्राउ
काठमाडौं।सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

मकवानपुर छतिवन बकैया गाउँपालिका-७ चुलुङ्गा घर भई काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने पीडितकै श्रीमान् २४ वर्षीय युवकलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा रहँदा वाट्स एपमा कुराकानी गर्ने क्रममा श्रीमान/श्रीमती बिचमा आदान प्रदान भएका गोप्य अङ्ग देखिने तस्विर/भिडियो सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई अपलोड गरी पीडितको साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाई चरित्र हत्या गरेको खुल्न आएकाले उनलाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ।
उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । (सांकेतिक तस्बिर)

