बजेट अधिबेशनको प्रारम्भमै कांग्रेसद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ ।

सभामुख देवराज घिमिरेले बजेट अधिवेशन प्रारम्भ भएको राष्ट्रपति रामचन्द्र पौडेलको पत्र वाचन गर्नासाथ कांग्रेसका सांसदहरू उभिएर सदन अवरोध गरेका हुन् ।

नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री समेत रहेका सांसद गगन थापाले संसदीय छानबिन समिति गठन नगरी संसद्को कामकारबाही अघि बढ्न नसक्ने बताए । उनले त्यसको दोषी सरकार हुने पनि बताए ।

उनले संसदीय छानबिन समितिबाट आफूहरूको मागलाई गलत गर्न माग गरे । उनले संसदीय छानबिनका अतिरिक्त आफूहरुको अन्य माग नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्