कोशीमा ३१ गतेबाट बजेट अधिवेशन



काठमाडौं । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले बजेट अधिवेशन आह्वान गरेका छन्।

प्रदेश प्रमुख खापुङ्गले वैशाख ३१ गतेका लागि बजेट अधिवेशन आह्वान गरेको प्रदेशका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए ।

‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले कोशी प्रदेशसभाको पाँचौं अधिवेशन संवत् २०८१ साल वैशाख ३१ गते सोमबार दिनको ११:०० बजे कोशी प्रदेश सभाको सभाहल, विराटनगरमा आह्वान गर्नुभएको छ ।’ सूचनामा उल्लेख छ ।

आगामी सोमबार बिहान ११ बजे प्रदेश सभा हलमा बैठक बस्नेछ।

प्रतिक्रिया दिनुहोस्