कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीसहित दुई मन्त्रीले लिए सपथ



बिराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बिहीबार बेलुका विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुंगले शपथग्रहण गराएका हुन्।प्रदेश प्रमुख खापुंगले संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत कार्कीलाई बिहिवार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यससँगै गठबन्धनतर्फ नेकपा एमालेका राम बहादुर रानामगर र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले पनि बिनाविभागीय मन्त्रीको सपथ ग्रहण गरेका छन्।एमाले संसदीय दलका उपनेता राना इलाम क्षेत्र नम्बर २ को २ बाट निर्वाचन हुदै प्रदेश सभा सदस्य भएका हुन्। त्यसैगरि, माओवादीका उप्रेती मोरंग क्षेत्र नम्बर २ को १ बाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्