परीक्षा चलिरहेका बेला पार्टी प्यालेसमा प्रश्नपत्र हल गरिरहेका चारजना पक्राउ



काठमाडौं। कक्षा १२ को कम्प्युटर साईन्सको उत्तर पुष्तिका सहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला काठमाडौं काठ्माडौं महानगरपालिका वडा नं ६ सरस्वतीनगर कपन बस्ने बर्ष ३८ को माधब त्रिपाठी, दक्षिणकाली नगरपालिका वडा नं. ८ बस्ने बर्ष १९ को सबिन पौडेल, कागेश्वरी मनहरा बस्ने बर्ष २० को सितेश कुमार यादव र कागेश्वरी मनोहरा थली बस्ने बस्ने बर्ष २३ को रोशन रानाभाट रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परीक्षा चलिरहेको समयमा उक्त विषयको प्रश्नपत्र आउट गरी वेलकम पार्टी प्यालेसको हलमा अनाधिकृत रुपमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको मूल उत्तर पुस्तिकामा सम्बन्धित विषयको नै उत्तर हल गरिरहेको अवस्थामा बुधबार उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्