कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त



बिराटनगर।कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।  

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गरेका ५२ जना सांसदको हस्ताक्षर सनाखत गराएसँगै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

कार्कीलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ जना प्रदेश सांसदहरुको समर्थन छ।

प्रदेश प्रमुख खापुङले बुधवार बैशाख २८ गते अपरान्ह ५ बजे सम्म संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश सरकार नेतृत्वका लागि दाबी पेश गर्न आव्हान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्