ओखलढुंगाको बेतिनीमा आगलागीमा परी आमाछोराको मृत्यु
ओखलढुंगा ।ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतिनीमा आगलागीमा परेर २ जनाको ज्यान गएको छ । बाहुन डाँडा कोल पाखामा निजी खर पाखामा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर मृत्यु हुने २ जना आमा छोरा भएको प्रहरीले जनाएको छ ।

केही दिन अघिदेखि लागि रहेको आगोले काटेर राखेको खरको थुप्रो भेटेपछी त्यसलाई जोगाउने क्रममा आगोले जलेर ५५ वर्षीय पुण्यकुमारी धमला र उनका छोरा करिब १६ वर्षीय कञ्चन धमलाको ज्यान गएको हो ।
यहि २३ गते देखि बेतिनिको बसाह बनमा लागेको आगो अनियन्त्रित भई खर घासको थुप्रोमा लागेपछि घटना घटेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सूचना अधिकारी बालिस्टार सिंहले बताएका छन्
घटना स्थलमा नेपाल प्रहरी र शसत्र पहरीको टोली पुगेर आगो निभाउने कार्यमा सक्रियता पूर्वक लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । (सांकेतिक तस्बिर)

