नेचासल्यान : चार विद्यालयका विद्यार्थीलाई उन्नव नेपालद्वारा नि :शुल्क पोशाक बितरण
डिल्ली शर्मा,सोलुखुम्बु।सोलुखुम्बु नेचासल्यान गाउँपालिकाका चारवटा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निशुल्क विद्यालय पोशाक वितरण गरिएको छ ।

गोदावरी नगरपालिका ललितपुरमा रहेको उन्नव नेपाल नामक गैहृ सरकारी संस्थाले नेचासल्यान गाउपालिका वार्ड नं ३ मा रहेका श्री कालिका आधारभूत विद्यालय, श्री शहिद नरनाथ आधारभुत विद्यालय, श्री जनजागृति आधारभूत विद्यालय र नेचासल्यान गाउँपालिका वार्ड नं ४ मा रहेको श्री सगरमाथा आधारभूत विद्यालय अध्ययनरत करिब २८० जना छात्रछात्राहरुलाई विद्यालय पोशाक बितरण गरिएको हो ।
कुनैपनि बालबालिकाले विद्यालय पोशाकको अभावमा विद्यालयको शैक्षिक गतिबिधीबाट टाढा रहनु नपरोस् भन्ने उदेश्यले बिगत ६ बर्षदेखि विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई निःशुल्क पोशाक बितरण तथा शैक्षिक सामाग्री सहयोग गरिरहेको उन्नव नेपालका अध्यक्ष श्री समिता केसीले बताउनुभयो ।दुर्गम क्षेत्रका सामुदायीक बिधालयहरुको शैक्षिक उत्पादनले निजी बिधालयको शैक्षिक उत्पादन संग प्रतिस्पर्धामा सरिक गराउन गरिएको सानो सहयोग फलदायी साबित हुने र शिक्षाजस्तो पबित्र संस्थामा लगानी गर्न पाउँदा खुसि लागेको बताउनु भयो ।
नेचासल्यान गाउँपालिकामा शैक्षिक सामाग्री बितरण कार्यक्रमको सहजीकरण समाजसेवी डम्बर प्रसाद कटेल र बमप्रसाद बाँस्तोलाले गर्नु भएको थियो ।
आज श्री शहिद नरनाथ आधारभूत विद्यालयमा आयोजित विद्यालय पोशाक हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेचासल्यान गाउँपालिका उपप्रमुख बिना राईले शिक्षा क्षेत्रमा सहयोग गर्ने दाताहरुलाई धन्यबाद दिदै नेचासल्यान गाउँपालिका सरकारले शिक्षा नितिको ब्यवस्था गरेको भन्दै निति तथा नियम बिपरित हुने सबै कृयाकलापको आफुले प्रतिकार गर्नुे बताउनुभयो ।

