कर्तव्य ज्यानमुद्दाका फरार प्रतिबादी सुनार पक्राउ
नुवाकोट।कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ककनी गाउँपालिका-५ बस्ने ५८ वर्षीय भरत सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत नुवाकोटको २०७८ पुस २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ९ महिना २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई ककनी गाउँपालिका-२ खानीखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
उनलाई जिल्ला अदालत नुवाकोटमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।

