अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता र कन्सल्टेन्सी , जापान पठाईदिने प्रलोभनमा लाखौं ठगी



काठमाडौँ ।जापान पठाइदिने प्रलोभनमा लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरि उनीहरूलाई सार्बजनिक गरेको थियो।

श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

उनीहरूले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गरेर उनीहरूले २ सयभन्दा बढीलाई ठगी गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो।

उनीहरूले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको,सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको बताए । त्यस्तै निज राजन श्रेष्ठलाई मिति २०८१,०१,२० गते काठमाडौं जि. कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौं-२९ बाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको बताए ।

रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथ केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्