नेपालको समृद्धिका लागि समन्वय गरेर अघि बढ्ने नेपाल र भियतनामका ब्यबसायीबीच सहमति




काठमाडौं।नेपाल र भियतनामबीच गौतम बुद्धको बुद्ध जन्मस्थल लुम्बिनीमा भियतनामी पर्यटक ल्याउन सम्बन्धित निकायहरुसंग समन्वय गरी अघि बढ्ने सहमति गरिएको छ ।

नेपालका लागि मित्रराष्ट्र जनवादी भियतनामका राजदूत Nguiyen Thanh Hai,नेपालका लागि अवैतनिक वाणिज्यदुत राजेशकाजी श्रेष्ठ र नेपाल भियतनाम उद्योग वाणिज्य संघका अध्यक्ष दिपक कुमार मलहोत्राज्यू तथा संस्थाका पदाधिकारीबीच सोल्टी होटल कालीमाटीमा भएको छलफलमा मुलुकको पयर्टन क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सो सहमति गरिएको हो ।

यसैगरी यस संस्थाले नेपालको कृषिक्षेत्रको विकासका लागि समाजवादी गणतन्त्र भियतनामसँग सहकार्य गरी त्यहाँका विशेषज्ञ तथा नयाँ कृषि प्रविधिको सहयोगलाई अझ सहज पार्न आवश्यक पहल गर्दै कृषि उत्पादनमा वृद्धि गरी देशको खाद्य सुरक्षामा सकरात्मक सहयोग पुऱ्याउनुका साथै सूचना प्रविधिलाई प्रभावकारी बनाउँदै आयात निर्यातलाई अझ सहज बनाउनेबारे समेत छलफल गरिएको नेपाल भियतनाम चेम्बर अफ कमर्श एन्ड इण्डस्ट्रीले जनाएको छ।यसैगरी, यसै सर्दभमा मित्रराष्ट् भियतनामको पहलमा नेपालमा Food Processing Project सन्चालन गर्ने बारे पनि छलफल भएको बताईएको छ। ।

यस संस्थाका प्रतिनिधि मण्डल आगामी 2024 August महिनामा मित्रराष्ट्को भ्रमण गरि भियतनामको उद्योग वाणिज्य संघका प्रतिनिधि तथा भियतनाम सरकारको प्रतिनिधि संग छलफल गरि नेपाल भियतनाम सिधा हवाइ पारवहन सञ्चालनका साथै अन्तराष्ट्रिय गन्तव्य सहज पार्न भियतनाममा Transit Flight सुविधाको लागि र नयाँ लगानीको वातावरण सिर्जना गर्न भियतनामका राजदूत Mr. Nguiyen Thanh Hai ले यथाशीघ्र पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको सो संस्थाले जनाएको छ ।

दुई राष्ट्र बिचको प्रगाढ सम्बन्ध ५० वर्ष पुगेको उपलक्ष्यमा ५० औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाउन पहल तथा छलफल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्