बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको बताउँदै मन्त्री चौधरीले ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न नसकेको बताउनुभयो । ‘सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको छ । तथापि, ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न सकिरहेको छैन’, उहाँले भन्नुभयो, ‘यस विषयमा नेपाल सरकारले सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।’बालबालिकाहरूका सन्दर्भमा सरकारले सबै बालबालिकालाई विद्यालयसम्म पुर्याउनका निम्ति कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उहाँले उक्त कार्यक्रमलाई क्रमशः माध्यमिक तहसम्म नै लैजाने विषयमा सरकार सकारात्मक र प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उहाँले उक्त कार्यक्रमलाई क्रमशः माध्यमिक तहसम्म नै लैजाने विषयमा सरकार सकारात्मक र प्रतिबद्ध रहेको बताउनुभयो । ‘विगत लामो समयदेखि सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यद्यपि यस विषयमा अझै बढाउनुपर्ने आवश्यकता छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ । यस विषयमा नेपाल सरकारले सामाजिक सुरक्षा सबैको पहुँचमा लैजान प्रतिबद्ध छ ।’
मन्त्री चौधरीले भन्नुभयो, ‘आर्थिक विकास सँगै सामाजिक गतिविधिहरूमा पनि अगाडि बढ्नै पर्छ । बच्चाको कुपोषण हटाउनका निम्ति आमाको पेटमा हुने बेला देखि नै ख्याल गर्नुपर्छ ।’सामाजिक सुरक्षाका सन्दर्भमा लक्षित वर्गभित्र पनि सीमान्तकृत, पिछडिएको वर्गलाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्तिहरूका निम्ति राज्यले थप कार्यक्रम ल्याउनै पर्ने बताउनुभयो ।
खासगरी बालबालिका, महिला, अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा आगामी बजेटमा थप बजेटको व्यवस्था गराउन लागिपरेको उहाँले बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, ‘बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू, महिलाको लागि बजेटको सिलिङ पुगेन भनेर थप बजेटको व्यवस्था गराउनका निम्ति म लागिरहेको छु । मलाई लाग्छ यो बजेटमा केही थप कार्यक्रम आउनेछ ।’

