गोदावरीमा डडेलो निभाउन गएका एकजनाको मृत्यु,अर्का एक घाइते



ललितपुर।ललितपुरको आनन्द जंगलमा लागेको डढेलो निभाउन गएका एक जनाको मृत्यु भएको छ। 

गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शेखर खनालले बताए।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा शङ्कर पहरी र रमेश पहरी थिए । उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये शङ्कर प्रहरीको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।

यता ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ। ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाई छ। यस्तै डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्