बझाङमा नेकपा एमालेका उम्मेदवार भण्डारी बिजयी



बझाङ। बझाङ प्रदेश सभा (क)मा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पछि पार्दै भण्डारी २६६ मतले विजयी भएका हुन्।नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्षसमेत रहेका भण्डारीले ११ हजार ६ सय १२ र कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्।

बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला एक्लै निर्वाचनमा होमिएका थिए।

यस अगाडि प्रदेश सभा (क) मा २०७९ को निर्वाचनमा कांग्रेसका पृथ्वी बहादुर सिंह विजयी भएका थिए। ततकालीन गठबन्धनका साझा उम्मेदवार बनेका सिंहले नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्