शिक्षक सरुवाको प्रस्तावित सूची खारेज गर्न हिमाल दर्शन माबि पूर्बविद्यार्थी समाजको आग्रह



काठमाडौं।हिमाल दर्शन माध्यमिक विद्यालय पूर्ब विद्यार्थी समाजले सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिकाले स्थानीय विद्यालयका शिक्षकहरुको सरुवा गर्ने तयारी गरेको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

गाउँपालिका शिक्षा समितिले सरुवाका लागि सिफारिस गरेको भन्दै शिक्षक र सरुवा हुने विद्यालयको नामसहितको प्रस्तावित सूची हालै सार्बजनिक भएपछि समाजले आइतबार बिज्ञप्ति प्रकाशित गरेर त्यसप्रति ध्यानाकर्षण भएको जनाएको हो।

समाजका अध्यक्ष दिनराज बास्तोला तथा सचिब हरी आचार्यले संयुक्त रूपमा जारी गरेको बिज्ञप्तिमा ‘स्वर्ण महोत्सव’को तयारीमा रहेको हिमाल दर्शन माबि र महोत्सवलाई सफल बनाउन अहोरात्र खटिरहेका विद्यालयका प्रधानाध्यापक अशोक शर्मालाई सरुवा गरिनु महोत्सव सफल हुन नदिने षड्यन्त्र भएको आरोप लगाउँदै शिक्षा समितिले गरेको यो सिफारिस अदुरर्शी, अपरिपक्व एवम् स्वार्थ समुहको दबाबबाट प्रेरित रहेको आरोप लगाईएको छ ।

बिज्ञप्तिमा प्रस्तावित सूची खारेज गरेर शैक्षिक जगत र आम जनमानसमा छाएको निरास्गालाई आशामा रुपान्तरण गर्न गाउँपालिका शिक्षा समितिलाई आग्रह गर्दै त्यसो नगरिए हिमाल दर्शन मावि पूर्व विद्यार्थी समाज विद्यालयको शैक्षिक तथा नितिगत हितको निम्ति जस्तो सुकै कदम चाल्न वाध्य हुने चेतावनी दिइएको छ।

बिज्ञप्तिमा भनिएको छ- सोलुखुम्बु जिल्लाको शैक्षिक जगतमा आफ्नो नाम सदैव उच्च राख्न सफल श्री हिमाल दर्शन मावि र यस विद्यालयमा अध्ययन गरि विभिन्न पेशा, व्यवसायमा आवद्ध पूर्व विद्यार्थीहरु एक जुट भएर समग्र जिल्ला, पालिकाको शैक्षिक जगतमा नयाँ सोच, विचार र गुणस्तरीय शिक्षामा टेवा पुन्ऱ्याउने उद्देश्यसहित हिमाल दर्शन मावि पूर्व विद्यार्थी समाजको स्थापना भएको स्पष्ट गर्न चाहान्छौं ।

हिमाल दर्शन मावि आफ्नो स्वर्ण महोत्सवको तयारीमा रहेको र तयारी गरिरहेको अवस्थामा विद्यालयको स्वर्ण महोत्सवलाई समेत असर पर्ने गरी नेचासल्यान गाउँपालिका शिक्षा समितिले कार्यपालिकामा शिक्षक सरुवाको सिफारिस गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

शैक्षिक गुणस्तर अभिबृद्धि गर्न नयाँ सोच विचार र नीति आवश्यक हुन्छ नकी शिक्षक सरुवा शैक्षिक गुणस्तर सुधार गर्ने आधार हुन सक्दैन्। श्री हिमाल दर्शन मावि आफ्नो स्वर्ण महोत्सवको तयारी गरिरहेको अवस्थामा अहोरात्र खटेर हिमाल दर्शन मा.वि.लाई एउटा शैक्षिक जगतको उचाईमा पुऱ्याउने सत्कर्म गरिरहनुभएका विद्यालयका प्रधानाध्यापक अशोक कुमार शर्मा लगायत अन्य गाउँपालिका भरीका शैक्षिक संस्थाबाट जुन किसिमले सरुवा गर्ने सिफारिस गरिएको छ त्यो अदुरर्शी, अपरिपक्व एवम् स्वार्थ समुहको दबाबबाट आएको स्पष्ट हुन्छ।

पूर्वाग्रह प्रतिशोध र पञ्चायती कार्यशैली र राजतन्त्रीय शासनको झल्को दिने गरी गरिएको सरुवाको सिफारिस निर्णय प्रक्रियामा नलान र खारेज गर्गाउँपालिका कार्यपालिकालाई जोडदार माग गर्दछौं।

प्रतिक्रिया दिनुहोस्