नक्कली परीक्षार्थी खडा गरी १२ को परीक्षा दिन लाएको आरोपमा प्रिन्सिपल पक्राउ



काठमाडौं।नक्कली परीक्षार्थी खडा गरेर विद्यार्थीको परीक्षा दिन लाएको आरोप लागेका काठमाडौंको धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका छन् ।
पक्राउ परेका महतलाई अहिले प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर,काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

१० जना नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिलाउने तयारी गरेको सूचना राष्ट्रिय परीक्षा बोर्डमा पुगेपछि सुरु भएको छानबिन प्रक्रियामा हालसम्म एक जना विद्यार्थीलाई नक्कली परीक्षार्थी बनाएको प्रमाण भेटिएको छ।दुई जना महतका आफन्त समेत रहेका छन् ।

यसमा अन्य व्यक्तिको संलग्नताबारे समेत छानबिन भइरहेको प्रहरी स्रोतले जनाएको छ।कक्षा १२ को परीक्षा १४ गतेबाट सुरु भएको हो। (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्