धरान सरोकार समाजमा नयाँ कार्यसमिति चयन,अध्यक्षमा पूर्बसचिब घिमिरे



काठमाडौं।सुनसरीको धरानबाट काठमाडौं उपत्यकामा आएर स्थायी तथा अस्थायी बसोबास गरिरहेका रहेका धरानेहरुको साझा संस्था धरान सरोकार समाजको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ।

काठमाडौंस्थित प्रज्ञा कुञ्ज स्कूलमा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य अशोक कुमार राईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न साधारणसभाले नेपाल सरकारका पूर्व सचिव चन्द्र घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा डा. महेन्द्र सुब्बा,महासचिवमा राजेन्द्र रिमाल,सचिवमा नारायण कार्की, कोषाध्यक्षमा डा. गणेश प्रसाद आचार्य निर्वाचित भएका छन् । सदस्यहरुमा राजेन्द्रकुमार अग्रवाल,सीता न्यौपाने पाठक, सूर्य राई, भीम ज्वाला राई, सन्दीप भण्डारी र शुभेच्छा अधिकारी श्रेष्ठ निर्वाचित भएका छन् ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि राईले धरानको विकासमा धरान सरोकार समाजले पुर्‍याएको योगदानको बारेमा चर्चा गरेका थिए । त्यसैगरी वरिष्ठ अधिवक्ता हरिहर दाहालले धरानेको नाममा विभाजित भएर हैन एकत्रित भएर अघि बढ्न सुझाव दिए । कार्यक्रममा युएन वुमनकी पूर्व प्रमुख शरु जोशीले प्रभु प्रसाद श्रेष्ठको योगदानको चर्चा गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्