इटाभट्टामा मान्छे हालेर जिउँदै जलाउने काँग्रेस नेता आलमलाई जन्मकैदको फैसला



वीरगन्ज ।नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमलाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ।

इँटाभट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका आलमलाई रौतहट जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको अदालतका तहसिलदार दुर्गाबहादुर कार्कीले जानकारी दिए।

उनी सहित मुद्दामा थप तीन जनालाई पनि जन्मकैदको सजाय भएको छ। घटना हुँदाका बखत कायम रहेको मुलुकी ऐनअनुसार जन्मकैदको फैसला हुँदा २० वर्ष जेल बस्नुपर्छ।

जिल्ला न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय आचार्यको इजलासले सुनाएको हो।

मुद्दामा एक जना मुक्ति साहलाइ भने अदालतले सफाइ दिएको छ । ११ जना प्रतिवादी रहेको मुद्दा फरार रहेका ६ जनालाई हकमा मुद्दा मुल्तवीमा राखेको तहसिलदार कार्कीले बताए ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका ४ सरुअठाका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो।

विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इटाभट्टीमा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले ०७६ साल कार्तिक १८ गत आलमसहित विरुद्ध किटानी जाहेरी दिएका थिए।file foto

प्रतिक्रिया दिनुहोस्