नेचासल्यान देउपुजेका आगलागी पीडितलाई राहत बितरण



सोलुखुम्बु।जिल्ला बिपत ब्यबस्थापन समिति सोलुखुम्बुले नेचासल्यान गाउँपालिका–२ देउपुजेका आगलागी पीडित परिवारलाई राहत बितरण गरेको छ।

मंगलबार भएको आगलागीबाट घर गुमाएका ३ परिवारलाई प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीसहितको टोलीले घटनास्थलमै पुगि बुधबार नगदसहित राहत सामाग्री प्रदान गरेको हो।नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईका अनुसार समितिले आगलागी पीडित परिवारलाई जनही नगद १५ हजार, त्रिपाल र ब्ल्यांकेट ३/३ थान र २/२ थान कम्बल प्रदान गरेको छ।

उनीहरूलाई नेचासल्यान गाउँपालिकाले मंगलबार नै खाद्यान्न सहयोग गरेको थियो।क्षतिको अवस्था हेरेर आगलागी पीडितलाई गाउँपालिकाले प्रक्रिया पुर्‍याएर थप आर्थिक सहयोग उपलब्ध गराउने अध्यक्ष राईले बताउनुभयो।बुधबार नै नेपाल रेडक्रस सोसाइटीले भाँडाकुँडा र प्लास्टिकका सामाग्री आगलागी पीडितलाई उपलब्ध गराएको छ।

मङ्गलवार जङ्गलमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा पाँच घर जलेर नष्ट भएको थिए । घटनामा ६० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान थियो ।

प्रतिक्रिया दिनुहोस्